२०७८,श्रावण,१०,आईतवार

साउदीको जेलमा पर्वतका सन्तबहादुरका सत्रवर्ष

२०७४,भाद्र,२३,शुक्रवार ०५:५६


लक्ष्मीप्रसाद सापकोटा / पर्वत, २३ भदौ ।पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका थिए । पुनले भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा जेल जीवन बिताइरहेका हुन ।स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएको थियो । पुनले टेलिफोनमा बताएअनुसार चोरी गर्न आएका स्थानीय ‘उदाआएद होमद’ नामका व्यक्तिबाट बाख्रा जोगाउन प्रतिकार गर्नेक्रममा उनको मृत्यु भएको थियो । मृतकका दुई छोरामध्ये जेठाले तत्कालै आममाफी दिएको पुनले बताए । “कान्छो छोरा बल्ल १८ वर्ष पुग्दैछ,” पुनले भने, “उसको उमेर नपुग्दासम्म जेलमै बस्नुप¥यो । अब मेरो जीवन उसैको हातमा छ ।”कूटनीतिक पहल गरिएको भए यसअघि नै छुटिसक्ने अवस्था रहेकोमा कसैले वास्ता नगरेको उनको गुनासो छ । “उतिबेलै मृत्युदण्ड हुन सक्थ्यो, अहिलेसम्म भाग्यले बाँचेको छु,” पुनले भने ।निम्नस्तरको परिवारले सरकारका उच्च अधिकारीसम्म गुहार माग्न नसक्दा न्याय पाउन नसकेको उनी बताउँछन । पुनका एक श्रीमती र तीन छोरा छन । एक छोरा अपाङ्ग छन । तीनै छोरालाई लिएर श्रीमती माया केही वर्षदेखि सदरमुकाममा ज्यालामजदुरी गर्दैै आएकिछन । “श्रीमानलाई छुटाउन सके अरू केही चाहिएको थिएन,” मायाले भनिन, “दिनभरि दुःख ग¥यो, रातभरि उतैको चिन्ताले निद्रा पर्दैन ।”सरकारीस्तरबाट पहल भए श्रीमान छुट्ने भन्दै अझै पनि भेट हुने आश नमेटिएको उनले बताईन । सन्तबहादुर जेल परेको बारे २०५८ साल कात्तिक २ गते गृह मन्त्रालयले स्थानीय प्रशासनलाई पारिवारिक विवरण पठाउन आदेश दिएको थियो । उतिबेलाको प्रशासनले पुनको पारिवारिक र व्यक्तिगत अवस्थाबारे मन्त्रालयलाई प्रतिउत्तर पनि पठाएको थियो ।तर सशस्त्र द्वन्द्वका कारण पुनको उद्धारमा सरकारले चासो नदिएको उनका आफन्त बताउँछन । “द्वन्द्व चर्केकाले उतिबेला सबै कुरा भन्नसक्ने अवस्था थिएन,” दाजु कुलबहादुरले भने, “अहिले मन्त्रालयले चासो दिए भाइ छुट्थ्यो ।” भाइलाई छुटाउन कुलबहादुरले विगत ३ वर्षदेखि सरकारी अधिकारीदेखि विभिन्न मानव अधिकारवादी सङ्घसंस्थामा समेत धाइरहेका छन ।

प्रकाशित मिति: २०७४,भाद्र,२३,शुक्रवार ०५:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गैरआवासीय नेपाली सङ्घले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सङ्घ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले यहाँ आज

लण्डन । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द

काठमाडौैं – गैर आवासिय नेपाली संघ एनआरएनए आइसीसीको सदस्य पदमा अमेरिकाबाट उम्मेदवारी दिएका विष्णु बहादुर शाहले एनआरएन नेपालको घाउमा मल्हम

काठमाडौं । नेपाली कामदारहरुले अव कम्पनी परिवर्तन गरेर कोरयिा जान पाउने भएका छन् । दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका

ताजा समाचार

त्रिविका रोकिएका परीक्षा आजदेखि
 २०७८,श्रावण,१०,आईतवार ०९:०८
जंगली च्याउ खाँदा बाबुछोराको मृत्यु
 २०७८,श्रावण,१०,आईतवार ०८:३४