वागीका बाबजुद सल्यानमा टेकबहादुर विजयी, प्रदेश सभामा पनि वाम गठबन्धन

सल्यान, २५ मंसिर । सल्यानबाट वाम गठबन्धनका तीनै जना उम्मेदवारले जित हात पारेका छन् प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका नेता तथा बिनाविभागीय मन्त्री टेकबहादुर बस्नेत विजयी भए । उनले आफ्नै पार्टीका वागी उम्मेदवारका बाबजुद जित हात पारेका हुन् बस्नेतले ४० हजार ८ सय ९७ मतसहित जित हात पारे भने निकटतम प्रतिद्वन्द्वी राजेन्द्रबहादुर शाहले २५ हजार ७ सय ५२ मत पाए । बस्नेतविरुद्ध माओवादीबाटै उमाकान्त शर्माले वागी उम्मेदवार बनेका थिए पहिलो र दोस्रो संविधानसभामा पनि विजयी बस्नेतले प्रतिनिधिसभाको चुनावसमेत जित्दै ह्याट्रिक पूरा गरेका हुन् सल्यानबाट प्रदेश सभामा पनि वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन् प्रदेशसभा ‘ख’ मा एमालेका प्रकाश ज्वाला १९ हजार ८ सय ३६ मतसहित विजयी भए भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६ सय ३० मत पाए प्रदेशसभा ‘क’ मा एमालेका गुलाबजंग शाह १९ हजार ६ सय ५८ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका एकराज डाँगीले १० हजार ६ सय १२ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?