सिरहा ४ मा राजपाका नेता राजकिशोर यादव विजयी

लहान, २५ मंसिर । सिरहाको प्रतिनिधिसभा क्षेत्र न ४ मा वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डल सदस्य राजकिशोर यादव विजयी भएका छन् गएराति मध्यरातमा सम्पन्न अन्तिम परिणामअनुसार यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अजयशंकर नायकलाई तीन हजार ६ सय ६९ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् यादवले २१ हजार १ सय ४४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका नायकले १७ हजार ५ सय ७५ मत प्राप्त गरे यस्तै, प्रदेशसभा क्षेत्र न ४ (ख) मा राजपाका सुरेशकुमार मण्डल १० हजार ४८० मतसहित विजयी भएका छन् गएराती नै सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेशकुमार मण्डललाई दुई हजार ९८१ मत अन्तरले पराजित गर्दै राजपाका सुरेशकुमार मण्डल निर्वाचित भएका हुन् उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार मण्डलले सात हजार ४ सय ९९ मतमात्र ल्याएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?