तेह्रथुममा वाम गठबन्धनको एकलौटी जित

तेह्रथुम, २५ मंसिर । तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले जित हासिल गरेको छ जिल्लाबाट प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा (एमाले)का उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ एमालेका भवानीप्रसाद खापुङ निर्वाचित भएका छन् । एमालेबाट तेस्रो पटक उम्मेदवार बन्नुभएका खापुङ नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा राज्यमन्त्री सीता गुरुङलाई दुई हजार २१ मतले पराजित गर्दै तेह्रथुमबाट दोस्रो पटक निर्वाचित भएका हुन् । विजयी खापुङले २१ हजार ३३५ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी गुरुङले १९ हजार ३१४ मत प्राप्त गरे प्रदेशसभातर्फ पनि एमालेकै ‘क’ क्षेत्रमा लक्ष्मण तिवारी र ‘ख’ क्षेत्रमा तेजमान कन्दङवा विजयी भएका छन् एमाले जिल्ला अध्यक्षसमेत रहेका तिवारीले निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई एक हजार ४६६ मतले पराजित गरेका हुन् । तिवारीले ११ हजार ७२६ मत प्राप्त गरेका छन् भने ढुंगानाले १० हजार २६० मत प्राप्त गरेका छन् प्रदेशसभा (ख) तर्फ पनि एमालेकै तेजमान कन्दङवा विजयी भएका हुन् । उनले नेपाली काँग्रेसका विजय सम्बाहाम्फेलार्ई दुई हजार २५५ मतले पराजित गरेका हुन् कन्दङवाले १० हजार ३०२ मत प्राप्त गरेका छन् भने सम्बाहाम्फेले आठ हजार ४७ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?