विक्रम पाण्डेलाई १० हजार मतले पछि पारे प्रचण्डले

काठमाडौं, २५ मंसिर चितवन क्षेत्र नम्बर ३ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उम्मेदवार प्रचण्डले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेलाई १० हजार ५६९ मतले पछि पारेका छन् सोमबार बिहानको पछिल्लो नतिजा अनुसार प्रचण्डले ३९१३६ मत ल्याएका छन् भने बिक्रमले २८५४० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?