प्रकाश दाहालपत्नी बीनाको एकाबिहानै आयो कञ्चनपुरबाट खुसीको खबर

महेन्द्रनगर, २५ मंसिर – कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार बिना मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी भएकी छन् बिना मगरले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिनाले दिवानभन्दा १९ हजार २ सय ४८ बढी मत पाएकी छन् । ८८ हजार ५९ मतदाता रहेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा ६३ हजार ३ सय १ मत खसेकोमा ६० हजार २ सय ६३ मत सदर भएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका दिवानसिंह विष्टसँग बिना मगर झिनो मतान्तरले पराजित भएकी थिइन् प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै बिना मगर कञ्चनपुरबाट केन्द्रीय संसदमा प्रत्यक्ष निर्वाचित भएर पुग्ने पहिलो महिला बनेकी छन् । यसपालिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेशबाट निर्वाचित हुने एक मात्र महिला बन्ने भएकी छन् । कैलालीको ५ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा रहेकी आरजु राणा देउवा पराजित भइसकेकी छन् भने कैलालीको १ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरीमा शाह पराजित हुने अवस्थामा पुगेकी छन् बिना मगर विजयी भएको क्षेत्रबाट प्रदेशसभा १ बाट तारालामा तामाङ र प्रदेशसभा २ बाट कुलवीर चौधरी विजयी भएका छन् । कञ्चनपुरको १ नम्बर क्षेत्रमा वाम गठबन्धनले सानदार जीत हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?