दोब्बर बढीको रोचक जित

काठमाडौँ, २५ मङ्सिर- प्रतिस्पर्धामा जित र हार हुन्छ नै । तर जित र हारबीचको अन्तर जब अत्यन्त बढी वा कम हुन्छ, त्यो प्रतिस्पर्धा निकै रोचक बन्छ, अनि परिणाम ऐतिहासिक । प्रतिनिधिसभा र प्रदेशसभाको यो निर्वाचनमा केही उम्मेदवारले यति धेरै अन्तरमा विजय हासिल गरेका छन् कि जुन अंक हेर्दा त्यहाँ एक्लै चुनाव लडेको हो कि अन्य प्रतिस्पर्धी पनि थिए ? भन्ने प्रश्न उब्जिन्छ हालसम्म परिणाम घोषणा भएका केही क्षेत्र यस्ता छन्, जहाँ दोब्बरभन्दा बढी मतले विजय वा पराजय भएको छ । यो सूचीको पहिलो नम्बरमा आउँछ, दोलखाको प्रतिस्पर्धा । दोलखामा एमालेका पार्वत गुरुङले प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले जितेका छन् । उनको प्रतिस्पर्धीसँग मतअन्तर नै ३० हजार ४ सय ४४ छ । कांग्रेसका रुद्र खडकाले २४ हजार ८ सय १३ मत ल्याउँदा गुरुङले ५५ हजार ४ सय ५७ मत पाए । गुरुङ यसअघि २०७० को चुनावमा दोलखा १ बाट निर्वाचित भएका थिए । उनको यो दोस्रो विजय हो, कान्तिपुरमा खबर छ गुरुङपछि सबैभन्दा ठूलो अन्तरमा एमाले अध्यक्ष केपी ओलीले जितेका छन् । झापा–५ बाट निर्वाचित ओलीले २८ हजार ८ सय ४२ मतको अन्तरमा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गरे । अन्तरमा दोस्रो भए पनि ओली अहिलेसम्मको सबभन्दा बढी मत ल्याएर जित्ने उम्मेदवार हुन् । उनले ५७ हजार १ सय ३९ मत ल्याएका छन् । मत गणना सकिन बाँकी स्थानका उम्मेदवारहरूको मत हेर्दा अब ओलीको भन्दा बढी मत ल्याउने सम्भावना न्यून देखिन्छ । वामपन्थी गठबन्धनको मूल नेतृत्व सम्हालेका ओलीले आफ्नो क्षेत्रमा प्राप्त मत मुलुकभर अरू उम्मेदवारले प्राप्त गरेको भन्दा बढी छ । ओली ०६४ को संविधानसभाको चुनावबाहेक अन्य सबै निर्वाचनमा झापाबाट विजयी हुँदै आएका छन् धादिङ–१ मा पनि त्यस्तै रोचक प्रतिस्पर्धा भएको छ । एमालेका भूमि त्रिपाठीले कांग्रेसका विश्वप्रसाद अर्याललाई दोब्बर बढी मतले हराएका छन् । त्रिपाठीले ४९ हजार १ सय २१ म ल्याउँदा अर्यालले २१ हजार ९ सय ६८ मात्र पाए । त्रिपाठीले २७ हजार १ सय ५३ मतले अर्याललाई हराए । धादिङ एमालेका अध्यक्षसमेत रहेका उनी पहिलो पटक संसदीय चुनाव लडेका हुन् । रूपन्देही–२ मा एमालेका उपमहासचिव विष्णु पौडेलले २२ हजार ६३ मतको अन्तरमा कांग्रेसका युवराज गिरीलाई हराए । पौडेलले ४४ हजार ९ मत ल्याए भने गिरीको २१ हजार ९ सय ४६ मत मात्र आयो । निरन्तर रूपन्देहीबाट चुनाव जित्दै आएका पौडेल वाम गठबन्धन निर्माणका एक सूत्रधार हुन् । ओली सरकारमा अर्थमन्त्री रहेका पौडेलले प्रदेश ५ टुक्र्याउने गरी संविधान संशोधन गर्ने तयारी भएका बेला बुटवलमा बसेर त्यसविरुद्धको आन्दोलनको नेतृत्व गरेका थिए राजपाका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी–३ बाट दोब्बर बढी मत ल्याएर जिते । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार चौधरीभन्दा १७ हजार ३ सय ३८ मत बढी ल्याएका छन् । ठाकुरले २५ हजार ७ सय ८५ मत ल्याउँदा चौधरीले ८ हजार ४ सय ४७ मत मात्र प्राप्त गरे । संविधानको विरोधमा चलेको आन्दोलनका नेतृत्वकर्ता ठाकुर यस पटक आफ्नो गृहजिल्ला छोडेर महोत्तरीमा चुनाव लड्न गएका थिए । सर्लाहीबाट विगतका चुनाव हारेपछि उनी यस पटक राजपाको पकड क्षेत्र मानिएको स्थानमा चुनाव लड्न पुगेका हुन् रोल्पामा माओवादीका वर्षमान पुन र रुकुम पश्चिममा जनार्दन शर्माले पनि दोब्बर बढीको फराकिलो अन्तरमा जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?