बाम गठबन्धनमा भएपनि रामचन्द्र झा पराजित

धनुषा २५ मंसिर -रामचन्द्र झा पराजित भएका छन् । धनुषा क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका झा संघीय समाजवादी फोरम नेपालका उमाशंकर अरगरियासँग पराजित भएका हुन् । अरगरियाले ३२ हजार ४४ मत ल्याउँदा झाले १८ हजार ७१५ मत ल्याए यसैगरी देशभर उल्लेख्य सिटमा जीत हासिल गरेको बाम गठबन्धन प्रदेश नम्बर दुईको सिरहामा भने एउटा पनि जित जित्न असफल बनेको छ । प्रतिनिधिसभामा चार वटा क्षेत्र रहेको यस जिल्लामा दुईमा संघीय समाजवादी फोरम र एक–एकमा राजपा र नेपाली काङ्ग्रेस विजयी बनेको छ क्षेत्र नम्बर १ मा माओवादीका अशोककुमार मण्डललाई हराउँदै फोरमका सूर्य नारायण यादव विजयी भए भने क्षेत्र नम्बर दुईमा फोम अध्यक्ष उपेन्द्र यादवले पूर्व मन्त्री उमेश कुमार यादवलाई पराजित गरे क्षेत्र नम्बर तीनमा राजपाका चन्द्रकान्त चौधरी विजयी भए । उनले काँग्रेसका दिनेशकुमार यादवलाई पराजित गरे क्षेत्र नम्बर चारमा भने काँग्रेसका तेजुलाल चौधरी विजयी भएका छन् ।उनले राजपाका मृगेन्द्र कुमार सिंह यादवलाई पराजित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?