काभ्रे क्षेत्र नम्बर १ मा गंगाबहादुर तामाङ विजयी

काभ्रे, २५ मङ्सिर- काभ्रे क्षेत्र नम्बर १ मा बामगठबन्धनका गंगाबहादुर तामाङ बमध्वज विजयी भएका छन् । उनले ४३६३१ मत पाएका छन् भने प्रतिस्पर्धी कांग्रेसका तीर्थ लामाले ३९५९५ मत ल्याएका छन् । तामाङ र लामाबीचको मनान्तर ४ हजार ३६ रहेको छ यसैगरी  कांग्रेस महामन्त्री शशांक कोइराला नवलपरासी (नवलपुर) क्षेत्र नम्बर १ मा विजयी भएका छन् । कोइराला वाम गठबन्धनका माओवादी उम्मेदवार भविश्वर पराजुलीलाई हराउँदै विजयी भएका हुन् आइतबार अबेर सम्पन्न मतगणनाअनुसार कोइरालले ३४ हजार ७०० मत ल्याएका छन् भने पराजुलीले ३० हजार मत ल्याएका छन् । कोइराला र पराजुलीको मतान्तर ४ हजार ७ सय रहेको छ । कोइरालाको जीतसँगै कांग्रेसको प्रतिनिधिसभा सदस्यमा जीतसंख्या १५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?