सुर्खेत, २४ मंसिर सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ माएमाले विजयी भएको छ । एमालेका नवराज रावत ३७४४७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका हृदयराम थानीले २८६४६ मत ल्याएर पराजित बने ।
यसैगरी सल्यान प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं क मा नेकपा एमालेका गुलाब जंग शाह विजयी शाहले १९,६५८ मत ल्याई विजयी भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका एकराज डाँगी ले १०,६१२ मत ल्याएका छन्।