पर्सा १ मा फोरमका प्रदिप यादव विजयी

पर्सा, २४ मंसिर पर्सा क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका छन् । फोरमका प्रदीप यादव २११२५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनिलकुमार रुंगटाले १६४८१ मत पाए यस्तै नेकपा एमालेका नेता भीम रावल आछाम १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।रावलले २४ हजार ८८३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी भरतकुमार स्वाँरले १७ हजार ७१९ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?