प्रवल सम्भावना भनिएका यि चर्चित नेता, जसले भोगे पराजय

काठमाडौं, २४ मंसिर– दुई चरणमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेको छ ।  मतगणना चल्दै गर्दा विभिन्न दलका हेभिवेट उम्मेदवारहरु पराजित बन्न पुगेका छन् आज प्राप्त अन्तिम नतिजाअनुसार नेकपा एमालेका प्रभावशाली नेता, पूर्व गृहमन्त्री तथा बाम गठबन्धनका सूत्राधार बामदेव गौतम समेत बर्दिया क्षेत्र नं. १ बाट पराजित भएका छन् उनको यो पराजयलाई अप्रत्याशित रुपमा लिइएको छ । उनी वर्तमान सिंचाई मन्त्री समेत रहेका सञ्जयकुमार गौतमसँग ७ सय ७५ मतले पराजित भएका हुन् । सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याँउदा गौतमले ४४ हजार ७६ मत ल्याए डा. रामशरण महत पटक पटक अर्थमन्त्री समेत बनेका र नुवाकोटबाट अविछिन्न रुपमा जित हासिल गर्दै आएका नेपाली कांग्रेसका नेता डा. रामशरण महतले यसपटको प्रतिनिधी सभाको निर्वाचनमा हार बेहोर्नु परेको छ । उनले नुवाकोपट क्षेत्र नं. १ बाट माओवादीका हितबहादुर तामाङ सँग ९ हजार मतान्तरले पराजित भएका हुन् । तामाङले ३६ हजार ४ सय ७३ मत ल्याँउदा महतले २७ हजार ९ सय २० मत पाएका हुन् दमननाथ ढुङ्गाना भक्तपुर क्षेत्र नं.२ मा बाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले नेपाली कांग्रेसका पूराना नेता दमननाथ ढुङ्गानालाई भारी मतले पराजित गरेका छन् । एमालेका यूवा नेता बस्नेतले ३६ हजार ४ सय १३ मत ल्याएर बिजयी भएका हुन् । पराजित भएका ढुङ्गानाले १८ हजार ६ सय ३५ मत ल्याएका छन् कमल थापा मकवानपुर क्षेत्र नं. १ बाट राप्रपा अध्यक्ष कमल थापा पराजित भएका छन् । एमालेका कृष्ण दाहालले ४० हजार ६ सय ३१ मत ल्याँउदा थापाले ३४ हजार ६ सय ५८ मत ल्याएर पराजय भोगेका हुन् अर्जुन नरसिंह केसी नुवाकोट क्षेत्र नं. २ मा बाम गठबन्धनका उम्मेदवार एमालेका नेता नारायण खतिवडासँग नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी पराजित भएका छन् । उनी १० हजार मतान्तरले पराजित भएका हुन् । खतिवडाले ३६ हजार ८ सय ९२ मत पाँउदा केसीले २६ हजार ३ सय ३५ मत पाएका थिए कृष्णप्रसाद सिटौंला झापा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री समेत कृष्णप्रसाद सिटौला राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेनबाट पराजित भएका छन् । बाम गठबन्धनबाट सहयोग पाएका लिङदेनसँग सिटौला एक्लै चुनाव लडेका थिए । आइतबार सम्पन्न मत परिणाम अनुसार लिङदेनले ४४ हजार ६ सय १४ मत ल्याएका थिए भने सिटौलाले ३१ हजार १ सय ५६ मत ल्याएर पराजि त भएका थिए विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका चर्चित यूवा नेता विश्वप्रकाश शर्मा झापा क्षेत्र नं. १ बाट पराजित भएका छन् । माओवादीका नेता राम कार्कीसँग उनले पराजय भोगेका हुन् । कार्कीले ३६ हजार १ सय ७३ मत ल्याउर जितको झन्डा गाडेका थिए भने शर्माले ३३ हजार ३ सय १० मत ल्याएर पराजित भएका थिए रामचन्द्र पौडेल तनहुँ क्षेत्र नंं. १ को प्रतिनिधीसभा निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका हुन् । झन्डै ४५ सय मतान्तरले एमालेका उम्मेदवार किसानकुमार श्रेष्ठले पौडेललाई पराजित गरेका हुन् । विजयी भएका श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याएका छन् भने पौडेलले २७ हजार ६ सय ७५ मत ल्याएका छन् । पार्टी सभापति र प्रधानमन्त्रीका आकांक्षी रहेका पौडेलको सपनामा यो चुनावले पूर्णबिराम लगाइदिएको छ  आरजु राणा देउवा कैलाली क्षेत्र नं. ५ बाट प्रधानमन्त्री शेरबहादुर पत्नी आरजु राणा पराजित भएकी छिन् । उम्मेदवारी दिएलगतै धनगढीमा ३ करोडको घर किनेर चुनावी प्रचारमा जुटेकी राणालाई एमालेका उम्मेदवार नारदमुनी रानाले पराजित गरेका हुन् । रानाले २७ हजार २ सय २ मत ल्याए भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत ल्याएकी थिइन् विमलेन्द्र निधि धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधीसभाको निर्वाचनका लागि प्रतिष्पर्धामा रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता बिमलेन्द्र निधी राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोसँग पराजित भएका हुन् । निधी महतोसँग २९ सय मतान्तरले पराजित भएका हुन् । निधीले २७ हजार ८ सय ४७ मत ल्याँउदा महतोले ३० हजार ७ सय ५० मत ल्याएका थिए खगराज भट्टडडेल्धुराबाट प्रतिनिधीसभाको निर्वाचनमा माओवादी केन्द्रका नेता खगराज भट्ट पराजित भएका हुन् । उनी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग झन्डै ७ हजार हाराहारी मतले हार्न पुगेका हुन् । देउवा २८ हजार ४४ मत पाएर विजयी भए भने भट्टले २१ हजार १ सय १५ मत ल्याएका छन् । यो क्षेत्रमा देउवाले २०४८ सालदेखि निरन्तर रुपमा विजयी हुँदै आइरहेका छन् दीपकुमार उपाध्याय भारतका लागि पूर्व राजदुत समेत रहेका नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय कपिलबस्तु क्षेत्र नं. १ बाट पराजित भएका छन् । बाम गठबन्धनबाट प्रतिष्पर्धामा रहेका माओवादी केन्द्रका नेता चक्रपाणी खनाल बलदेवसँग उपाध्याय पराजित भएका हुन् । खनालले २९ हजार ७ सय ९९ मत ल्याएका छन् भने उपाध्यायले २८ हजार ८ सय ५३ मत ल्याएका छन् । sopy from ratopati.com  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?