अन्तत हारे बामदेवले , हराउने यि हुन् संजय गौतम

बर्दिया- एमालेका उपाध्यक्ष बामदेव गौतम पराजित भएका छन् । बर्दियाको क्षेत्र नम्बर १ मा कांग्रेसका सञ्जय गौतमसँग ७ सय ५३ सय मतले पराजित भए । सञ्जय गौतमले ४४ हजार ८२९ मत ल्याउँदा बामदेव गौतमको ४४ हजार ७६ ल्याए यस्तै हृदयेश त्रिपाठी भारी मतले बिजयी भएका छन् । नेता त्रिपाठीले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मदेवार देवकरण कलवारलाई ५ हजार १ मतले पराजित गर्दै बिजयी हासिल गरेका हुन् । नेता त्रिपाठीले ३८ हजार ५ सय ९२ मत प्राप्त गर्दे नेता कलवारलाई पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ त्रिपाठी नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा १ मा बाम गठबन्धन तर्फबाट सुर्य चुनाव चिन्ह लिएर उठेका थिए । उक्त क्षेत्रमा कुल १ लाख २ हजार ३ सय ६८ मतदाता रहेपनि ७९ हजार ७१ मत मात्र खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?