हृदयेश त्रिपाठीले सूर्य चिन्ह लिएर विजय हासिल

परासी, २४ मंसिर । हृदयेश त्रिपाठी भारी मतले बिजयी भएका छन् । नेता त्रिपाठीले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मदेवार देवकरण कलवारलाई ५ हजार १ मतले पराजित गर्दै बिजयी हासिल गरेका हुन् । नेता त्रिपाठीले ३८ हजार ५ सय ९२ मत प्राप्त गर्दे नेता कलवारलाई पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ त्रिपाठी नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा १ मा बाम गठबन्धन तर्फबाट सुर्य चुनाव चिन्ह लिएर उठेका थिए । उक्त क्षेत्रमा कुल १ लाख २ हजार ३ सय ६८ मतदाता रहेपनि ७९ हजार ७१ मत मात्र खसेको थियो । नेता त्रिपाठी शुरु देखि नै अग्रता कायम गर्दै बिजयी आसिल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?