हृदेश त्रिपाठी विजयको नजिक, अहिलेदेखि नै हारमाला लगाई अबिर जात्रा

परासी, २४ मंसिर । बाम गठबन्धनका उम्मदेवार पूर्वमन्त्री हृदेश त्रिपाठी आफ्नो निकटम प्रतिद्वन्द्वीलाई ४ हजार ७ सय १० मतले पछाडी पार्दै विजयको नजिक पुगेका छन् । नेता त्रिपाठीले ३४ हजार ८ सय ८६ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । नेता त्रिपाठी नवलपरासीको बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा १ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन् । नेता त्रिपाठी नेपाली कांग्रेसको पूर्व सांसद देवकरण कलवारसंगको प्रतिस्पर्धामा थिए त्रिपाठीको क्षेत्रमा कुल १ लाख २ हजार ३६८ मतदाता रहेपछि ७९ हजार ७१ मत मात्र खसेको थियो । उक्त प्रतिनिधि सभा क्षेत्रका अहिलेसम्म ७१ हजार ४०४ मत गणना भईसकेकोे छ भने ७ हजार ६६७ मत अझै गन्न बाकी रहेको छ । सो मतगन्दा २ हजार ९४३ मत बदर रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ नेता त्रिपाठी गत संविधा सभाको निर्वाचनमा आफनो अहिलेकै निकटम प्रतिद्धन्द्धी कांग्रेसका पुर्व सांसद कलावरसंग भारी मतले पराजित भएका थिए । तर अहिले भने अवस्था फेरिएको छ । नेता कलवार त्रिपाठीसंग ४ हजार ७ सय १० मतले पछाडी पर्दै पराजित हुने सम्भावना देखिएको छ । नेता त्रिपाठी बाम गबठन्धन संग एलाईन्स गरि चुनाव लडेका थिए त्यसैबिच प्रतिनिधि सभा १ कै प्रदेश सभा १ मा बाम गठबन्धनका उम्मदेवार दिपेन्द्र अधिकारी र प्रदेश सभा २ मा बाम गठबन्धनकै उम्मदेवार अजय बहदुर शाही बिजयी भईसकेका छन् । नेता त्रिपाठीको यस्तो मत परिणाम देखेपछि उनका कार्यकताहरु सदरमुकाम परासीमा बिजय जुलुस निकाल्न र त्रिपाठीई बधाई दिनका लागि हजारांैको संख्यामा कार्यकर्ताहरु फुलका हारमाला र अबिर लिई प्रतिक्षा गरिरहेका छन् नेता त्रिपाठीको बाकी मत गन्न र बिजयी घोषणा हुन बाँकी रहेपनि उनका कार्यकर्ताहरु बाहिर विजय जुलुस भने निकाली परासी बजार घुमाईरहेका छन् । नेता त्रिपाठी र पदेश सभा सदस्य उम्मदेवार अधिकारी र शाहीको संयुक्त विजय जुलुस निकालिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?