राजदुतबाट राजिनामा दिई उम्मेद्वार बनेका उपाध्याय पराजित

कपिलबस्तु क्षेत्र नम्बर १ मा चुनाव लडेका दीप कुमार उपाध्याय पराजित बनेका छन् । माओवादी केन्द्रका उम्मेदवार चक्रपाणि खनाल बलदेवसँग उपाध्याय पराजित भएका हुन् । आइतबार सम्पन्न मतगणनाअनुसार खनालले २९ हजार ७९९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?