रुपन्देही–४ का दुवै क्षेत्रमा काँग्रेस उम्मेदवार विजयी

बुटवल, २४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देही क्षेत्र नं ४ को अन्तिम परिणाम आज सार्वजनिक भएको छ अन्तिम परिणामअनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा संयुक्त लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् सो क्षेत्रमा ६७ हजार ८३५ मत खसेकामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रमोद यादवले ३१ हजार ७१८ र उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लले २० हजार ४१६ मत पएका छन् सो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा(क) मा काँग्रेसका अष्टभुजा पाठक नौ हजार ६४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका अजरत अलीले चार हजार ६३६ मत पाएका छन् यस्तै, प्रदेशसभा ‘ख’ मा काँग्रेसका बसीउद्दिन खाँ १२ हजार ११३ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाकै श्रीनिवास यादवले तीन हजार १२० मत प्राप्त गरेका छन् प्रतिनिधिसभा क्षेत्र नं १ का प्रदेशसभाका दुवै क्षेत्रको मतगणना परिणाम सम्पन्न भए पनि प्रतिनिधिसभाको गणना भने जारी छ । पछिल्लो परिणामअनुसार क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (एमाले) स्थायी कमिटी सदस्य पूर्वमन्त्री छविलाल विश्वकर्मा अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?