हेरौँ काठमाडौँको दशवटै क्षेत्रको नतिजा , दलहरुको अवस्था यस्तो छ

काठमाडौं-काठमाडौंका १० ओटै क्षेत्रको अन्तिम नतिजा आएको छ । जसमा कांग्रेस ४ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने  वाम गठबन्धन ६ क्षेत्रमा विजयी भएको छ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १० हजार ९ सय  ३७ मत ल्याएर निर्वाचित भए ।  उनले विवेकशील साझाका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्रले १० हजार २ सय १८ मत ल्याएका छन् यता काठमाडौं क्षेत्र नं. २ मा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपाल १४ हजार मतान्तरले विजयी भए ।  उनले २७ हजार ३ सय ६६ मत ल्याएका छन् । उनका निकतम प्रतिद्धन्द्धी कांग्रेसका दीपक कुँइकेलले १४ हजार ९ सय २ मत ल्याएका छन् । यस्तै तेस्रो स्थानमा रहेका विवेकशील साझाका डा सुर्यराज आर्चायले ७ हजार ४ सय ३६ मत ल्याएका छन् काठमाडौं क्षेत्र नं. ३ मा एमालेका कृष्णभक्त राई निर्वाचित भए । ।  उनले १९ हजार १ सय ६९ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेस नेतृ अम्बिका बस्नेतले १४ हजार ८ सय ८४ मत ल्याएकी छिन् काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका नेता गगन थापा विजयी भए ।  उनले २१ हजार ५ सय ५८ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी डा. राजन भट्टराईले १८ हजार १ सय ४० मत ल्याएका छन् यता काठमाडौं क्षेत्र नं. ५ मा एमालेका नेता इश्वर पोखरेल विजयी भए ।  उनले २३ हजार २९ मत ल्याँउदै नेपाली कांग्रेसका डा. प्रकाश शरण महतलाई पराजित गरेका हुन् । महतको १३ हजार १ सय ६९ मत छ यता काठमाडौं क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री भीमसेन दास प्रधान विजयी भए ।  प्रधानले १६ हजार ७ सय ८५ मत ल्याँउदा माओवादीका झक्कु सुवेदीले १५ हजार ४ सय ८५ मत ल्याए काठमाडौं ७ मा एमाले नेता रामवीर मानन्धर १८ हजार १ सय २ मत ल्याएर विजयी भएका भए भने  राप्रपाका विक्रमबहादुर थापा १० हजार ७९ मत ल्याएर पराजित भए काठमाडौं ८ मा एमालेका जीवनराम श्रेष्ठ १३ हजार ३ सय ९७ मत ल्याएर विजयी भए ।  उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९ सय ९३ मत ल्याएका छन् यता काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भए ।  उनका निकटम प्रतिद्धन्द्धी ध्यानगोविन्द रञ्जितले १८ हजार ८ सय २ मत ल्याएका छन् काठमाडौं क्षेत्र नं. १० मा भने नेपाली कांग्रेसका राजन केसी निर्वाचित भए उनले २४ हजार १ सय ९० मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी हीतमान शाक्यले २१ हजार ९ सय ७ मत ल्याएका छन् ।  copy from ratopati.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?