चितवन क्षेत्र नं २ प्रदेश (१) मा बाम गठबन्धनका घनश्याम दाहाल विजयी

चितवन, २४ मंसिर । चितवनको क्षेत्र नं २ प्रदेशसभा (१) मा वाम गठबन्धनका उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र)का घनश्याम दाहाल २० हजार ३८१ मत प्राप्त गरी विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले १५ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् । दाहालले श्रेष्ठलाई ४ हजार ७ सय १८ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?