कांग्रेसको विजयी जुलुसका क्रममा रौतहटमा झडप, प्रहरीद्वारा हवाइ फायर

रौतहट, २४ मंसिर । रौतहटको क्षेत्र नं. २ मा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ रौतहटको राजपुर नगरपालिकामा कांग्रेस र फोरमका समर्थक कार्यकर्ताबीच झडप भएको छ कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजयी जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ताले अवरोध गर्न थालेपछि दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो झडपका कारण त्यहाँको अवस्था नियन्त्रणबाहिर जाने देखिए पछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ साथै दर्जनौ सेल अश्रुग्यास समेत प्रहार गरेको छ त्यस्तै, स्थितिलाई नियन्त्रणमा लिनको लागि जिल्लाबाट थप प्रहरी त्यस तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?