भक्तपुर अपडेटः भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टी अगाडि

भक्तपुर, २४ मंसिर । भक्तपुर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाले १२ हजार ४ सय ४६ मत ल्याएका छन् भने नेपाली कांग्रेसका बाबुरामा जोशीले ८ अजार ७ सय ९८ मत ल्याए साथै बाम गठबन्धनका उम्मेदवार मिलन सुवालले ७ हजार ५ सय ९६ मत ल्याएका छन् त्यस्तै, भक्तपुर क्षेत्र नं १ प्रदेशसभा(क) मा बाम गठबन्धनका हरिशण लामिछानेले ७ हजार ४५५ मत ल्याए । उनका प्रतिस्पर्धिमा रहेका रहेका कांग्रेसका जीवन खत्रीले ५ हजार ३ सय ३ मत ल्याए भने नेपाल मजदुर किसान पार्टीका नीरज लबजूले २ हजार १ सय ३६ मत पाए त्यसैगरी, भक्तपुर क्षेत्र नं १ प्रदेशसभा(ख) मा भने नेपाल मजदुर किसान पार्टीका सुरेन्दै्रराज गोसाईंले १० हजार ८ सय ९४ मत ल्याए भने उनका प्रतिस्पर्धि कांग्रेसका अनिल भुजूले २ हजार ४ सय २९ मत र बाम गठबन्धनका रोमन शिलाकारले ३ हजार २ सय १७ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?