‘जनताको सेवामा प्रतिबद्ध भएर लाग्ने’

बागलुङ, २४ मंसिर – जिल्लाका सबै निर्वाचन क्षेत्रमा जितेका वाम गठबन्धनका उम्मेदवारले जनताको सेवामा प्रतिबद्ध भएर लाग्ने बताएका छन् विजयोत्सव मनाउने क्रममा आयोजित कोणसभामा सम्बोधन गर्दै उनीहरुले भाषणभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता गरेका हुन् । चुनावमा प्रतिबद्धता गरेका काम पूरा गर्ने उम्मेदवारले वाचा गरेका छन् विकास, समृद्धि, सुशासन र सामाजिक न्यायका पक्षमा काम गर्ने उम्मेदवारले बताएका छन् । क्षेत्र नं २ प्रदेश ‘ख’ का विजयी राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले जनताको सेवामा लाग्ने अठोट गरे “अहिले यो गर्छु, त्यो गर्छु भन्दैन, जनताले नै मेलै गरेको कामको प्रचार गर्ने गरी काम गर्छु’, घर्तीले भने क्षेत्र नं २ प्रदेश ‘क’ मा विजयी नेकपा (माओवादी केन्द्र)का चन्द्र बुढाले जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्नतर्फ लाग्ने बताए क्षेत्र नं १ प्रतिनिधिसभामा विजयी नेकपा (एमाले)का सूर्य पाठकले मतदाताको अभिमत खेर जान नदिने बताए । उनले जिल्लाको समग्र विकासको खाका कोरेर अगाडि बढ्ने वाचा गरे क्षेत्र नं २ प्रतिनिधिसभामा विजयी नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले विकास निर्माणमा बागलुङले फड्को मार्ने गरी काम गर्ने बताए । “कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रमा ठूलो सम्भावना छ”, उनले भने “एकीकृत विकासको अवधारणाअनुसार काम गर्छौं ।”क्षेत्र नं १ प्रदेश ‘ख’ मा विजयी राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले जनताको आधारभूत आवश्यकता पूरा हुने गरी काम गर्ने बताए । उनले विकास निर्माणका साथै शिक्षा र स्वास्थ्यका समस्यालाई प्राथमिकता दिएर काम गर्ने बताए क्षेत्र नं १ प्रदेश ‘क’ मा विजयी नेकपा (एमाले)का इन्द्रलाल सापकोटाले चुनावी प्रतिबद्धताअनुसार नै काम गर्ने बताए विजयी उम्मेदवारले पराजय भोगेको काँग्रेसलाई प्रतिपक्षको भूमिका खेल्न आग्रह गरेका छन् । जिल्लामा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरी चुनावी मैदानमा उत्रेका थिए भने काँग्रेस एक्लै चुनाव लडेको थियो । विसं २०७० मा सम्पन्न संविधानसभा दोस्रो निर्वाचनमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा काँग्रेस विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?