कैलाली ५ मा नारदमुनी विजयी, आरजु देउवा ५ हजार मतान्तरले पराजित

धनगढी, २४ मंसिर । कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका नारदमुनी राजा विजयी भएका छन् उनले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणालाई झण्डै ५ हजार मतान्तरले पराजित गरे रानाले २७ हजार २ सय २ मत पाएका छन् भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत मात्रै पाइन् सो क्षेत्रमा राजपाका लक्ष्मण थारु तेस्रो भए । टीकापुर काण्डका अभियुक्त समेत रहेका उनले जेलबाटै उम्मेदवारी दिएका थिए । उनले ६ हजार ४ सय ६४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?