सुनसरी– १ (क)मा एमालेका प्रदीप भण्डारी विजयी

इनरुवा, २४ मंसिर । सुनसरी क्षेत्र नं १(क)मा नेकपा (एमाले)का प्रदेशसभा सदस्यका उम्मेदवार प्रदीप भण्डारी विजयी भएका छन् भण्डारी १९ हजार २४३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किशोर राईले १३ हजार ७७० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले जानकारी दिए सुनसरी–४(क)मा एमाले विजयी क्षेत्र नं ४(क)मा एमालेका जगदीशप्रसाद कुसियत प्रदेशसभा सदस्यमा विजयी भएका छन् कुसियतले १६ हजार ६९० र उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रेवतीरमण दुलालले १५ हजार २८२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ढकालले जानकारी दिए नेता कुसियतले जंगली जनावरको आक्रमण नियन्त्रण गर्न र कोशी बाढीपीडितका क्षतिपूर्ति दिलाउनका लागि विशेष पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?