सिरहा १ (क) मा वाम गठबन्धन र २ (क) मा संघीय समाजवादी फोरम नेपाल विजयी

लहान, २४ मंसिर । सिरहा प्रदेशसभा क्षेत्र नं १ (क) मा वाम गठबन्धन र २(क) मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रदेशसभा क्षेत्र १ (क) बाट नेकपा(एमाले)का लगनलाल चौधरी ११ हजार ५४२ मतसहित विजयी भएका हुन् आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सन्तोष चौधरीलाई ८४३ मत अन्तरले पराजित गर्दै उन विजयी भएकोे हो । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सन्तोष चौधरीले १० हजार ६९९ मत ल्याएका हुन् । राप्रपाका पुराना र प्रभावशाली नेताका रुपमा परिचित चौधरी उम्मेदवारी मनोनयन दर्ता गराउनुअघि मात्र एमालेमा प्रवेश गरेका थिए यस्तै, प्रदेशसभा सिरहा २ (क) मा समाजवादी फोरमका विजय यादव १० हजार ३८३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शैलेन्द्रकुमार यादवले नौ हजार १५४ मत प्राप्त गरेका हुन् । यसअघि सिरहा प्रदेशसभा क्षेत्र नं ३(क) मा नेकपा(माओवादी केन्द्र)का रामकुमार यादव र प्रदेशसभा ४(क) मा माओवादी केन्द्रका दिलीप साह निर्वाचित भइसेका छन् । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?