तनहुँ–२ को (ख) मा मुचुल्का भन्दा बढी मत भेटिएपछि विवाद

काठमाडौं, २४ मंसिर । तनहुँ क्षेत्र नम्वर २ को प्रदेश (ख) मा मतगणना सकिएपनि मुचुल्का उठाइएको भन्दा ४२ मत बढी भेटिएपछि विवाद उत्पन्न भएको छ सो क्षेत्रको हंसबाहिनी बुथमा खसेको भन्दा ४२ मत बढी भेटिएको र सोही मतका आधारमा बाम गठबन्धनकी आशा कोइराला विजयी भएको भन्दै नेपाली काँग्रेसका प्रतिनिधिहरुले मतगणना रद्द गरी पुनः गणना गर्न माग गरेका छन् तनहुँ २ को (ख) मा मा वाम गठबन्धनबाट माओवादी केन्द्रकी नेत्री तथा बिना विभागीय मन्त्री आशा कोइरालालाई विजयी भएको घोषणा गर्न खोजेपछि काँग्रेसका प्रतिनिधिले विरोध गरेका थिए कोइराला मतगणना सकिदा ६ मतले मात्रै अघि रहेकी छन् र विवादपछि विजयको घोषणा गरिएको छैन । सो क्षेत्रको विवाद मिलाउनका लागि छलफल जारी रहेको नेवी संघका महामन्त्री कुन्दन काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?