रुपन्देहीका सबै क्षेत्रमा वाम गठबन्धन विजयी

बुटवल, २४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देहीका सबै निर्वाचन क्षेत्रको परिणाम आज प्राप्त भएको छ मतगणनाको पछिल्लो नतिजानुसार जिल्लाका चार क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएको हो । रुपन्देही क्षेत्र नं ४ को मतगणना पनि अन्तिम चरणमा रहेको र केही समयमै अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभामा नेपाली काँग्रेसका प्रमोद यादव अगाडि छन् भने उनलाई राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्लले पछ्याइ रहेका छन् निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामानुसार रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल विजयी भएका छन् उनले नेपाली काँग्रेसका युवराज गिरीलाई २२ हजार ६६ मतको फराकिलो मतान्तरले पराजित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार नेता पौडेलले ४४ हजार नौ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी गिरीले २१ हजार ९४६ मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा रहेका एक लाख पाँच हजार २०६ मतदातामध्ये ७४ हजार ४०९ मत खसेको थियो नवनिर्वाचित नेता पौडेलले यसअघि विसं २०७० मा तत्कालीन नेकपा (माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईलाई झण्डै छ हजार मतान्तरले पराजित गरेका थिए । पटक पटक जनताबाट निर्वाचित पौडेलले यस क्षेत्रमा सो निर्वाचन क्षेत्रबाट २०६४ सालको संविधानसभाको निर्वाचनमा काँग्रेसका नेता सूर्यप्रसाद प्रधान(हाल स्वर्गीय)लाई पराजित गरेका थिए यसै निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ पनि एमालेले जीत हात पारेको छ । प्रदेशसभा (क) मा वाम गठबन्धनका तर्फबाट एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज लीला गिरी २१ हजार ७३४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका काजीमान श्रेष्ठले नौ हजार ७७८ मत प्राप्त गरेका छन् निर्वाचित नेता गिरी यस क्षेत्रमा इमान्दार र निष्ठाको राजनीति गर्ने व्यक्तिका रुपमा चिनिन्छन् । यसैगरी प्रदेशसभा २ मा पनि वाम गठबन्धनका तर्फबाट एमालेका ५ नं प्रदेशका नेता तथा बुटवल नगरपालिका पूर्वप्रमुख भोजप्रसाद श्रेष्ठ २१ हजार १३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेशमान सिंहले १२ हजार ५६५ मत प्राप्त गरेका छन् निर्वाचित श्रेष्ठ पनि विकासका योजनामा सफल व्यक्तित्वका रुपमा यस क्षेत्रमा परिचित हुन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित भैरहवा बहुमुखी क्याम्पसमा भइरहेको मतगणनामा क्षेत्र नं १ मा पनि संयुक्त वाम गठबन्धनका उम्मेदवार अगाडि छन् यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा अगाडि हुन् । एक लाख १२ हजार १३० मतदाता रहेको सोे निर्वाचन क्षेत्रमा ८७ हजार १९ मत खसेको छ । उनलाई काँग्रेसका जिल्ला सभापति तथा वर्तमान राज्यमन्त्री अब्दुल राज्जाकले पछ्इरहेका छन् यस्तै प्रदेशसभातर्फ प्रदेश (क) मा ४४ हजार २३४ मत खसेकामा वाम गठबन्धनका तर्फबाट एमालेका डा कृष्ण न्यौपानेले १९ हजार ५२० मत प्राप्त गर्नुभएको छ भने राप्रपा (प्रजातान्त्रिक) का ताहिर अलि भाटले १३ हजार ७८ मत प्राप्त गरेका छन् यस्तै प्रदेशसभा (ख) मा माओवादी केन्द्र केन्द्रीय सचिवालय सदस्य दधिराम न्यौपाने १३ हजार ९४ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हरि न्यौपानेले ११ हजार १०३ मत प्राप्त गरेका छन् यसैगरी क्षेत्र नं ३ को प्रतिनिधिसभातर्फ एमालेका उपमहासचिव घनश्याम भुसाल चार हजार ५२८ मतको अन्तरले विजयी भएका छन् । नेता भुसालले २९ हजार ६०१ र उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा स्वास्थ्यमन्त्री दीपक बोहराले २५ हजार ७३ मत प्राप्त गरे । यस निर्वाचन क्षेत्रअन्तर्गतको प्रदेशसभाको मतगणना अन्तिम परिणाममा प्रदेश (क)मा संघीय समाजवादी फोरम नेपालका सन्तोष पाण्डे र (ख) मा एमालेका तुल्सी चौधरी निर्वािचत भएका छ क्षेत्र नं ५ मा प्रतिनिधिसभातर्फ काँग्रेस विजयी भएको छ । सो निर्वाचन क्षेत्रमा काँग्रेसका नेता भरतकुमार शाह ३३ हजार ८८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता डिलाराम आचार्यले २० हजार ४३८ मत प्राप्त गरेका छन् । एक लाख छ हजार १५३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ७९ हजार ४९६ मत खसेकामा पाँच हजार २३७ मत बदर भएको सहायक निर्वाचन अधिकृत नुमराज खनालले जानकारी दिए सो निर्वाचन क्षेत्रमा प्रदेशसभा (क) मा ४५ हजार ९१५ मत खसेकामा एमालेका भूमीश्वर ढकाल २२ हजार २५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णु पोखरेलले १५ हजार ४१६ मत प्राप्त गरे । यस क्षेत्रमा एक हजार ७६१ मत बदर भएको खनालले जानकारी दिए यस्तै प्रदेशसभा (ख) मा काँग्रेसका फकरुद्दिन खाँ १६ हजार ६८३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी फोरमकी रामावती पासवानले नौ हजार २५० मत प्राप्त गरे । यस क्षेत्रमा ३३ हजार ६०८ मत रहेकामा दुईी हजार ५०८ मत बदर भएको छ निर्वाचनको परिणाम घोषणासँग निर्वाचित उम्मेदवारका दलका समर्थकले विजय उत्सव मनाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?