म्याग्दीमा समानुपातिकतर्फ एमाले पहिलो

म्याग्दी, २४ मंसिर । प्रतिनिधिसभामा समानुपातिकतर्फको मत परिणामअनुसार यहाँ नेकपा(एमाले) पहिलो भएको छ प्रतिनिधिसभामा एमालेलाई १८ हजार २६६, नेपाली काँग्रेसलाई १७ हजार २४८ र नेकपा (माओवादी केन्द्र)लाई चार हजार तीन सय मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार १५१ मत ल्याएको सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले जानकारी दिए । मतगणनानुसार विवेकशील साझा पार्टीले ५२७ मत प्राप्त गरेको छ साना दल र जिल्लामा उम्मेदवार नभएका मधेशवादी दलले समेत झिनो मत प्राप्त गरेका छन् । त्यस्तै प्रदेशसभातर्फ एमालेले १६ हजार ७०४ र काँग्रेसले १५ हजार ७३९ मत ल्याएका छन् । त्यसैगरी माओवादी केन्द्रले चार हजार ८३३ मत प्राप्त गरेको छ । माओवादीले प्रतिनिधिसभा भन्दा प्रदेशसभामा मत बढाएको छ त्यस्तै राप्रपाले एक हजार ८७४ मत ल्याएरको छ । राप्रपाले प्रदेशसभामा प्राप्त गरेको मत प्रतिनिधिसभाको भन्दा धेरै हो । म्याग्दीमा वाम र लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारका कारण समानुपातिकतर्फ बदर भएको मत धेरै रहेको बताइएको छ । जिल्लामा प्रत्यक्षतर्फका प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्रमा वाम गठबन्धनले जीत हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?