सिन्धुली १ मा एमालेका पहाडी, २ मा माओवादीका गजुरेल विजयी

सिन्धुली, २४ मंसिर । सिन्धुलीका दुवै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ प्रतिनिधिसभातर्फ १ मा वाम गठबन्धन, नेकपा (एमाले)का गणेशकुमार पहाडी र २ मा (माओवादी केन्द्र)का गजुरेल विजयी भएका हुन् नेपाली काँग्रेसका प्रेमचन्द्र दाहाललाई १० हजार १४० मतान्तर पार्दै पहाडी विजयी भएका हुन् । यस्तै गजुरेल नेपाली काँग्रेसका नरेन्द्रजंग थापालाई १२ हजार ५२ मतले पछि पार्दै विजयी भएका हुन् पहाडीले ३२ हजार ५२९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी दाहालले २२ हजार ३८९ मत प्राप्त गरेका छन् । निर्वाचित पहाडी विसं २०७० को संविधानसभा निर्वाचनमा पनि सिन्धुली क्षेत्र नं १ बाट विजयी भएका थिए यस्तै वाम गठबन्धन, नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले ३१ हजार १७९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका थापाले १८ हजार १२७ मत प्राप्त गरेका छन् सिन्धुलीका दुवै निर्वाचन क्षेत्र प्रतिनिधिसभा सदस्यको मतगणना सम्पन्नपश्चात् प्रदेशसभातर्फको मतगणना केहीबेरमा शुरु गरिने मुख्य निर्वाचन अधिकृत पुण्डेश्वरप्रसाद उपाध्यायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?