काठमाडौं–५ मा एमाले महासचिव पोखरेल विजयी, काँग्रेसका महत पराजित
काठमाडौं, २४ मंसिर । काठमाडौं क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् पोखरेलले २३ हजार २९ मत प्राप्त गरे भने नेपाली कांग्रेसका डा.प्रकाशशरण महतले १३ हजार १ सय ६९ मत प्राप्त गरेका छन् पोखरेल २०६४ र २०७० का दुवै संविधानसभा चुनावमा कांग्रेसका नरहरी आचार्यसँग पराजित भएका थिए २०५६ सालमा यही क्षेत्रबाट विजयी भएका पोखरेलले यसपटक भने तेस्रो प्रयासमा सफलता प्राप्त गरेका हुन्