माओवादी केन्द्रका नेता वर्षमान पुन रोल्पाबाट विजयी

रोल्पा, २४ मंसिर । माओवादी केन्द्रका नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले २० हजार ७४१ मत प्राप्त गरि विजयी भएका हुन् उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत पाएका छन् प्रदेशसभा तर्फ पनि माओवादी केन्द्रका दुबै उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा ‘क’मा कुलप्रसाद केसी ‘सोनाम’ र ‘ख’ दिपेन्द्र कुमार पुन ‘सिजल’ विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?