नुवाकोटको एक प्रतिनिधिसभा र तीन प्रदेशसभामा वाम उम्मेदवार विजयी

नुवाकोट, २४ मंसिर । नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र तीन वटा प्रदेशसभा क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् सम्पन्न भएको मतगणनाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत प्राप्त गरेका छन् । विजयी भएका एमालेका उम्मेदवार खतिवडाले १० हजार ५५७ मत बढी प्राप्त गरेका थिए यस्तै, प्रतिनिधिसभा सदस्य १ को प्रदेश (क) मा नेकपा (माओवादी केन्द्र)का राधिका तामाङले १८ हजार १३७ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए यस्तै, प्रदेश (ख) तर्फ नेकपा एमालेका बद्री मैनाली २० हजार ५०९ मत ल्याएर विजयी हुनुभएको छ । नेपाली काँग्रेसका रमेशकुमार महतले १२ हजार २१७ मत प्राप्त गरेर निकटतम प्रतिस्पर्धी बने यस्तै, नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा नेकपा एमालेका केशवराज पाण्डेले २० हजार नौ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका जगदिश्वरनरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गरे । चारवटै स्थानमा मतगणना सम्पन्न भएको निर्वाचन अधिकृतबाट विजयी घोषणा गर्न भने बाँकी रहेको छ नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को (ख) मा मतगणना जारी रहेको छ । जारी मतगणनाको दुवै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी नजिक पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?