कपिलवस्तु २ मा एमाले उम्मेदवार वृजेशकुमार गुप्ता विजयी

कपिलवस्तु, २४ मंसिर । कपिलवस्तुको निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभामा नेकपा (एमाले)का उम्मेदवार वृजेशकुमार गुप्ता विजयी भएका छन् सो क्षेत्रमा गुप्ता नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्यलाई पराजित गर्दै विजयी भएका हुन गुप्ताले ३५ हजार १४७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी आचार्यले ३१ हजार ५६६ मत पाएका थिए त्यस्तै, निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (ख) मा काँग्रेस उम्मेदवार वीरेन्द्रकुमार कानोडिया विजयी भएका छन् । कानोडिया माओवादी केन्द्रका जाबेद आलम खाँलाई पराजित गर्दै विजयी भएका हुन् कानोडियाले छ हजार ६७९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी खाले छ हजार ३०७ मत पाएका छन् यहाँको पछिल्लो ताजा मत परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ वाम गठबन्धनकै उम्मेदवार अगाडि छन् भने ३ मा नेपाली काँग्रेस अगाडि छ यो जितसँगै यस जिल्लामा नेपाली काँग्रेसले खाता खोलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?