किन पछि पर्यो कांग्रेस ?

काठमाडौं, २४ मङ्सिर- प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदा संविधानसभाको दोस्रो निर्वाचनबाट पहिलो दल बनेको कांग्रेस पछाडि पर्नुका कारणबारे नेताहरूले मुख खोल्न थालेका छन् शीर्ष नेताहरूले नै वाम गठबन्धनका उम्मेदवारहरूसँग धेरैजसो स्थानमा हार बेहोर्न थालेपछि विगतमा नेतृत्वबाट अलोकप्रिय निर्णय हुँदा यो अवस्था आएको नेताहरूले बताएका हुन् कांग्रेस नेता तथा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रकाशमान सिंहले नेतृत्वको शैलीका कारण पार्टीले हार बेहोरेको बताए । ‘पार्टीको शीर्ष नेतृत्वले विगतदेखि नै एकपक्षीय ढंगबाट अलोकप्रिय निर्णयहरू गर्दै अघि बढ्यो, जनताका सवालमा भन्दा पनि आफूनिकट निर्णय गर्दा यो अवस्था आएको हो, अब पार्टीमा यो परिणामका विषयमा गम्भीर छलफल हुनुपर्छ,’ नेता सिंहले भने । यस्तै, काठमाडौं–४ बाट प्रतिनिधिसभाका लागि निर्वाचित युवा नेता गगन थापाले पार्टीले नयाँ मतदातालाई आकर्षित गर्न नसक्दा हार बेहोरेको बताए, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?