बलिउडका चर्चित हल्लाहरु

बलिउडलाई बाहिरबाट हेर्दा जति धमकधमक र ग्ल्यामरस देखिन्छ , त्यति टिकिरहन भने सजिलो छैन । कति चर्चित कलाकारहरु मरेको, सडकमा माग्दै गरेको जस्ता खबरहरु बेलाबेला आइरहन्छन् बलिउड सेलिब्रेटीबारे तर, यस्ता समाचारहरु हल्लामात्रै हुने गरेको पनि प्रमाणित भएको छ । बाहुबली—२ मा प्रभास र अनुष्का सेट्टीबीचको जोडीले निकै तारिफ पायो । यही आधारमा उनीहरुको बिहे हुन लागेको खबर आयो । तर उनीहरुले यसबारे अफबाहमात्रै भएको भनि मुख खोल्न बाध्य भएको खबर कान्तिपुरले छापेको छ यस्तै यसवर्ष अनुभवी अभिनेता कादर खानपनि हल्लाबाट अछुतो रहन सकेनन् । क्यानडा गएको बेला उनको मृत्यु भएको हल्ला चलाइयो । अन्ततः उनले आफू सकुसल रहेको प्रष्टिकरण दिनुपर्यो दबंग गर्ल सोनाक्षी सिन्हा अभिनेत्री शत्रुघ्न र पुनमकी छोरी हुन् । तर बलिउड प्रवेशसँगै उनी अभिनेत्री रिना रोयको छोरी भएको भन्दै हल्ला फैलाइयो यस्तै अभिनेत्री श्रीदेबीकी कान्छी छोरी खुसीले रेमो डिसुजाको डान्स सोमा अडिसन दिने बारेपनि गलत हल्ला फैलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?