कांग्रेसका हस्तीहरू नै पराजित

काठमाडौँ, २४ मङ्सिर- कांग्रेसका थुप्रै केन्द्रीय हस्तीहरूले चुनावमा पराजय व्यहोर्नुपरेको छ । केन्द्रीय नेताहरू शेखर कोइराला, महेश आचार्य, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, नवीन्द्रराज जोशीलगायत पराजित भइसकेका छन् भने अन्य केही हारको नजिक पुगेका छन् शनिबार रातिसम्मको मतपरिणामअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत जित्ने सम्भावना करिब टरेको छ । २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका पौडेलले योपल्ट आफ्नो क्षेत्रलाई सुरक्षित गर्न नसक्ने देखिएको छ । धनुषा–३ मा कांग्रेस नेता विमलेन्द्र निधि पनि पराजित भए । उनी राजपा नेता राजेन्द्र महतोसँग हारे । सुर्खेतमा पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का पनि संकटमै छन् । कांग्रेसका प्रभावशाली मानिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा धेरै पछाडि धकेलिएका छन्, कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?