यी ‘हेभिवेट’ नेता पराजित

काठमाडौँ,२४ मङ्सिर – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय राजनीतिका प्रभावशाली कतिपय उम्मेदवारहरू पराजित हुनुभएको छ । प्रतिस्पर्धात्मक चुनावमा ‘हेभिवेट’ उम्मेदवार पराजित हुनुभएको हो । केही शीर्ष नेताहरू जारी मतगणनामा पछि पर्नुभएको छ भने केही निकै टक्करका बीच प्रतिस्पर्धामा हुनुहुन्छ, गोरखापत्रमा खबर छ पारिवारिक विरासतमा मोरङबाट राजनीति गर्दै आउनुभएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला मोरङ–६ बाट पराजित हुनुभएको छ । कोइराला वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितसँग पराजित हुनुभयो । कोइरालाले ३३ हजार २६६ मत पाउँदा पण्डितले ३३ हजार ९४१ मत पाउनुभयो । कोइराला ६७५ को झिनो मतान्तरले पराजित हुनुभएको हो । कोइराला राष्ट्रिय राजनीति र काँग्रेसको आन्तरिक राजनीतिमा प्रभावशाली व्यक्तित्व हुनुहुन्छ पण्डित सामान्य प्रशासन मन्त्री भएपछि गर्नुभएका केही कामका लागि चर्चामा हुनुहुन्थ्यो । सर्लाहीमा जन्मिएर मोरङको भूभागमा राजनीतिक यात्रा अगाडि बढाउनुभएका पण्डित २०४८ र २०५६ मा पनि मोरङ–३ बाट विजयी हुनुभएको थियो यस्तै मोरङ–४ मा पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता महेश आचार्य वाम गठबन्धनका उम्मेदवार अमनलाल मोदीसँग पराजित हुनुभएको छ । विद्यार्थी राजनीतिबाट माओवादीमा प्रवेश गर्नुभएका मोदी पूर्वलडाकुसमेत हुनुहुन्छ । प्रतिस्पर्धामा आचार्यले २६ हजार आठ सय मत पाउनुभयो भने मोदीले ३३ हजार ५२९ मत पाउनुभयो निकै रोचक प्रतिस्पर्धाको आकलन गरिएको गोरखा–२ मा नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराई विजयी हुनुभयो । वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई झन्डै सात हजार १७४ मतान्तरले पराजित गर्दै लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहनुभएका भट्टराईले जित हासिल गर्नुभयो । श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गर्नुभयो ओखलढुङ्गामा युवानेता रामहरि खतिवडा एमालेका यज्ञराज सुनुवारसँग पराजित हुनुभएको छ । निवर्तमान सांसद रहनुभएका दुवैजना संसद्मा आफ्नो सशक्त भूमिकाका कारण केन्द्रीय संसद्मा पनि चर्चित हुनुहुन्थ्यो । खतिवडा सुनुवारसँग पाँच हजार २५३ मतान्तरले पराजित हुनुभयो । खतिवडाले २७ हजार ३२७ मत पाउनुभयो निकै रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको बहालवाला सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र पूर्वसञ्चारमन्त्री अग्निप्रसाद सापकोटाबीच चुनावी प्रतिस्पर्धा सोचेजस्तो रोचक देखिएन । वाम गठबन्धनका उम्मेदवार सापकोटाले बस्नेतलाई झन्डै ११ हजार मतान्तरले पराजित गर्नुभयो । बस्नेतले २९ हजार ७९८ मत पाउँदा सापकोटाले ४० हजार ५०४ मत पाउनुभयो यस्तै सिन्धुपाल्चोक–२ को प्रतिस्पर्धा पनि आकलन गरिएजस्तो प्रतिस्पर्धी भएन । प्रारम्भिक मतगणनामा निकै प्रतिस्पर्धा देखिए पनि अन्तिम समयसम्म फिक्का प्रतिस्पर्धा देखियो । आठ हजार मतान्तरले वाम गठबन्धनका शेरबहादुर तामाङ विजयी हुनुभयो । तामाङले ३८ हजार ४०१ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का पशुपतिशमशेर राणाले ३० हजार ३६९ मत पाउनुभयो । तामाङले राणालाई लगातार दोस्रोपटक पराजित गर्नुभयो । राणाले हारमा ह्याट्रिक पूरा गर्नुभयो यस्तै सोलुखुम्बुमा काँग्रेस नेता बलबहादुर केसी पनि पराजित हुनुभयो । केसी वाम गठबन्धनका हेमकुमार राईसँग पराजित हुनुभयो । केसीले १७ हजार २९४ मत प्राप्त गर्नुभयो । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार राईले २० हजार ७४७ मत पाउनुभयो बहालवाला मन्त्री पराजितबहालवाला सूचना तथा सञ्चारमन्त्री बस्नेत सिन्धुपाल्चोकमा पराजित हुनुभयो । यस्तै बहालवाला अर्थ राज्यमन्त्री उदयशमशेर राणा पनि ललितपुर–१ बाट पराजित हुनुभयो । एमाले उम्मेदवार पूर्वडीआईजी नवराज सिलवालसँग राणा पराजित हुनुभएको हो । यस्तै बहालवाला वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द पनि बैतडीमा वाम गठबन्धनका उम्मेदवार दामोदर भण्डारीसँग पराजित हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?