२०७४, २३ मङ्सिर शनिवार १८:१६

यसरी विजयी हुदैछिन् विना, दोब्बर मतको अग्रता


प्रकाशित मिति : २०७४, २३ मङ्सिर शनिवार १८:१६

कञ्चनपुर- प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको परिणाम आइरहदा कञ्चनपुर क्षेत्र नं. १ मा विना मगर झण्डै दोब्बर मतले अगाडी छन् । उनले १० हजार २ सय ७५ मत ल्याएका छन् भने, नेपाली कांग्रेसका उम्मेदवार दि.सिवि. ५ हजार ९ सय ७० मत ल्याएको छ यस्तै प्रतिनिधिसभा सदस्यमा भोजपुरको वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुदन किराँती ३४ हजार ३९४ मत ल्याई विजय भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उमेशजंग रायमाझीले २१ हजार ६९६ मत प्राप्त गरेका छन् त्यस्तै, प्रदेश नं. १ तर्फ वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का उम्मेदवार राजेन्द्रकुमार राईले १९ हजार २९७ मत ल्याएर विजय भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनकातर्फबाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अजम्बर काङमाङ राईले ११ हजार ५४१ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस