अन्तत निधि पराजित ः बामको महतोलाई साथ निधिलाई महंगो

धनुषा २३ मंसिर ः निकै चासोको साथ हेरिएको धनुुषा क्षेत्र नम्बर ३ बाट राष्ट्रय जनता पार्टीका अध्यक्ष मण्डलका राजेन्द्र महतोले विजय हासिल गरेका छन् । महतोले २७ हजार ४ सय ९९ मत ल्याएर विजय हुुदा उनका निकटम प्रतिद्धन्द्धी विमलेन्द्र निधि २४ हजार ४ सय ७७ मत प्राप्त गरी उपविजेता बन्न पुुगे । महतोले निधिलाई ३ हजार २२ मतले पराजित गरेका हुन । धनुुषा ३ मा महतोलाई बाम गठबन्धनले सघाएको थियो भने निधि कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका थिए यस्तै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ६ हजार ८७४ मतान्तरले पराजित गरे । भट्टराईले ३१ हजार ८०७ र श्रेष्ठले २४ हजार ९३३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?