धनकुटाका सबै सिटमा वाम गठबन्धन विजयी, राजेन्द्रसँग सुनिल पराजित

काठमाडौं, २३ मंसिर । धनकुटाका सबै सिटमा वाम गठबन्धन विजयी भएको छ । धनकुटाका प्रतिनिधिसभा र प्रदेश सभाका सबै सिटमा बाम गठबन्धन विजयी भएको हो प्रतिनिधिसभा सदस्यमा एमालेका राजेन्द्र राई विजयी भएका छन् । उनले राप्रपा प्रजातान्त्रिकका सुनिलबहादर थापालाई पराजित गरे राईले ३७ हजार ३ सय ३३ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी थापाले २६ हजार ८ सय ७४ मत पाए राप्रपा प्रजातान्त्रिकले जित हासिल गर्न सक्ने सम्भावित क्षेत्रका रुपमा धनकुटालाई लिइएको थियो । पूर्व आपूर्तिमन्त्री तथा पूर्वप्रधानमन्त्री स्व.सूर्यबहादुर थापाका छोरा सुनिल थापा एमालेका राईसँग झण्डै ११ हजार मतान्तरमा पराजित भएका हुन् एमालेले धनकुटामा २ वटै प्रदेशसभामा पनि जित हात पारेको छ । धनकुटाको प्रदेश ‘क’ मा एमालेका इन्द्रमणि पराजुली २२ हजार ८८ मत ल्याएर विजयी भ एभने ‘ख’ मा निरन राई १९ हजार ६ सय ७८ मतसहित विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?