अपडेटः राजेन्द्रलाई पछ्याउदै निधि, मतअन्तर बढ्दो

धनुषा, २३ मंसिर। राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका राजेन्द्र महतोले नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई दुई हजार बढी मतअन्तरले पछाडी परिरहेका छन् । महतोले २६ हजार १२ मत प्राप्त गरेका छन् भने निधिले २३ हजार ५ सय २४ मत प्राप्त गरेका छन् यस्तै पर्सा क्षेत्र नम्बर १ क प्रदेशसभा सदस्य पदमा मधेसवादी गठबन्धनका जन्नत अन्सारी विजयी भएका छन् । जन्नतको जीतसँगै पर्सामा मधेसवादी गठबन्धनले जीतको खाता खोलेको छ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयुक्त उम्मेदवार अन्सारी १ हजार ३ सय २२ मतले आफ्नो निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीलाई पराजित गरेका छन् अन्सारीले ८ हजार ५ सय ९३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीले ७ हजार १ सय ७१ मत ल्याएका छन् भने बाम गठबन्धनका रह्बर अन्सारीले ६ हजार ७ सय ९४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?