गुल्मीमा एमालेको अर्को सफलता, गोकर्ण विष्ट सानदार मतसहित विजयी

गुल्मी २३ मंसिर-प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर २ गुल्मीमा एमालेका गोकर्ण विष्ट विजयी भएका छन । नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका गोकर्ण बिष्टले काग्रेसका उम्मेदवार चन्द्र केसीलाई फराकिलो मत अन्तरले पराजित गदै विजयी भएका हुन जनताका माझँमा निकै लोकप्रिय मानिएका विष्टले काग्रेसका उम्मेदवार केसीको भन्दा १४ हजार ४ सय ५९ मत ल्याएका छन । प्रतिनिधी सभा २ निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत कमलराज गौतमले दिएको जानकारी अनुसार गोकर्ण विष्टको ३४ हजार ६ सय १८ मत प्राप्त गरेका छन भने काग्रेसका चन्द्र केसीले २० हजार १ सय ५९ मत प्राप्त गरेका छन गोकर्ण विष्ट अहिले विजयी भएसगै तेस्रो पटक जनतावाट निर्वा्चित भएका हुन । उनले २०५६ , २०७० र २०७४ मा विजयी भएका हुन । त्यस्तै २०६४ सालमा भने झिनो मतले पराजित हुन पुगेका विष्ट पुर्व उर्जा मन्त्री वनेर जनताका निकै लोकप्रिय मानिन्छन । ९२ हजार मतदाता रहेको गुल्मी प्रतिनिधी सभा निर्वाचन क्षेत्रमा २१ गते सम्पन्न निर्वाचनमा ५८ हजार मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?