चितवनमा विक्रम पाण्डेलाई प्रचण्डले निकै पछि पारे

चितवन २३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मतान्तर फराकिलो बनाउदै लगेका छन् । उनी राप्रपाका विक्रम पाण्डेभन्दा निक्कै अगाडी छन् । प्रचण्डले ८ हजार २ सय ८३ मत ल्याएका छन् भने विक्रम पाण्डेले ४ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् । उनिहरुको मतान्तर ३ हजार ३ सय ८६ रहेको छ यसैगरी गोरखा क्षेत्र नम्बर २ मा नया शक्ति पार्टीका संयोजक बबुराम भट्टराई निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी क्षेष्ठलाई पछि पार्दै भट्टराई सानदार मतको साथ विजयी भएका हुन् । भट्टराईले ३२ हजार १ सय ७ मत पाएका छन् भने श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाए । ७ हजार १ सय ७४ मतान्तरसहित भट्टराईको विजयलाई गोरखाको कांग्रेसले पार्टीको केन्दीय समिकरणलाई पालना गरेको आाकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?