गोरखा क्षेत्र नम्बर १ को दुबै प्रदेशसभामा वाम गठबन्धन विजयी

गोरखा– गोरखा क्षेत्र नम्बर १ को दुबै प्रदेशसभामा वाम गठबन्धन विजयी भएको छ । प्रदेश क मा माओवादी केन्द्रका लेखबहादुर थापा विजयी भएका छन् । उनले १६ हजार ५५८ मत ल्याई विजयी भए । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका धिरन थापा १४०९ मत ल्याएर पराजित भए । प्रदेश ख मा एमालेका रामशरण बस्नेत विजयी भए । उनले १६६५६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्र बजगाईले १३००१ मत ल्याए यसैगरी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ७ हजार १ सय ७४ मतले पछि पार्दै डा.भट्टराई निर्वाचित भएका हुन् । भट्टराईले ३२ हजार १०७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रेष्ठले २४ हजार ९३३ मत हाँसिल गरेका छन् यसैबीच गोरखा क्षेत्र नम्बर–२ प्रदेशसभा ‘क’ तर्फ नयाँ शक्ति पार्टीका हरिशरण आचार्य बिजयी भएका छन् आचार्यले १५ हजार ३४३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी कमला नहर्कीले १२ हजार ६५ मत ल्याएकी छिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?