सानदार मतको साथ बाबुराम भट्टराई विजयी, यसरी पछि परे नारायणकाजी

गोरखा २३ मंसिर । गोरखा क्षेत्र नम्बर २ मा नया शक्ति पार्टीका संयोजक बबुराम भट्टराई निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी क्षेष्ठलाई पछि पार्दै भट्टराई सानदार मतको साथ विजयी भएका हुन् । भट्टराईले ३२ हजार १ सय ७ मत पाएका छन् भने श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाए । ७ हजार १ सय ७४ मतान्तरसहित भट्टराईको विजयलाई गोरखाको कांग्रेसले पार्टीको केन्दीय समिकरणलाई पालना गरेको आाकलन गरिएको छ यसैगरी, काठमाडौँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव नेपाल निर्वाचित भएका छन । काँग्रेसका दिपक कुईकेललाई करिव १४ हजार मतले पछि पार्दै वरिष्ठ नेता नेपाल काठमाडौं क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन नेता नेपालले २७ हजार ३ सय ६६ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्धन्द्धी कुईकेलले १४ हजार ९ सय २ मत ल्याएका थिए । आफू विजयी भएपछि नेता नेपालले जनताको चाहना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?