काठमाडौँ २ बाट माधबकुमार नेपालको विजय यात्रा यस्तो रह्यो

काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव नेपाल निर्वाचित भएका छन । काँग्रेसका दिपक कुईकेललाई करिव १४ हजार मतले पछि पार्दै वरिष्ठ नेता नेपाल काठमाडौं क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन नेता नेपालले २७ हजार ३ सय ६६ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्धन्द्धी कुईकेलले १४ हजार ९ सय २ मत ल्याएका थिए । आफू विजयी भएपछि नेता नेपालले जनताको चाहना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरे उनले देशको समग्र विकासको योजना निर्माणमा आफू लागिपर्ने पनि स्पष्ट पारे। नेता नेपालले जनताको आशा अनुसार इमान्दारिताका साथ काम गर्ने पनि बताए वरिष्ठ नेता नेपालले मुलुकलाई समृद्ध बनाउन कामै गरेर देखाउने बेला आएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?