नुवाकोट अपडेटः बाम गठबन्धनको अग्रता कायमै

नुवाकोट, २३ मंसिर । नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार दिएका नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङले २०३९० मत ल्याएको छ त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतले १५७५८ मत प्राप्त गरेका छन् यसैगरी, प्रतिनिधीसभा क्षेत्र नं १ को प्रदेश सभा ‘क’ मा बाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रकी राधिका तामाङको ११२९० मत ल्याएकी छिन् भने कांग्रेसका महेन्द्र वहादुर थिङको ८३३० मत प्राप्त गरेका छन् यस्तै, प्रतिनिधीसभा क्षेत्र नं १ को प्रदेश सभा ‘ख’ मा बाम गठवन्धनका तर्फबाट नेकपा एमालेका वद्रि मैनालीको १४३६३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेश महतको ७२८८ ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?