गोरखा क्षेत्र नं. २ मा बाबुरामले जित्ने पक्का

गोरखा, २३ मंसिर । गोरखा निर्वाचन क्षेत्र नं २ को मतगणना अन्तिम चरणमा पुगेको छ । खसेको मतमध्ये ७ हजार ३ सय मत गन्न बाँकी रहँदा नयाँ शक्तिका डा. बाबुराम भट्टराई जितको नजिक पुगेका छन् उनले २७ हजार २२३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठले २२ हजार ३२३ मत ल्याएका छन् श्रेष्ठ र भट्टराइको मतान्तर ४ हजार ९ सयको फरक छ । अन्तिम नतिजा आजै सार्वजनिक गर्ने तयारी गरिएको गोरखा जिल्ला निर्वाचन कार्यलयले जनाएको छ यसैबीच काठमाडौमा रहेका डा. बाबुराम भट्टराई जित नजिक पुगेपछि गोरखातर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?