२०७४, २३ मङ्सिर शनिवार ०९:२६

नुवाकोटमा बाम गठबन्धन जित नजिक, सबै क्षेत्रमा बाम वर्चश्व


प्रकाशित मिति : २०७४, २३ मङ्सिर शनिवार ०९:२६

नुवाकोट, २३ मंसिर । नुवाकोटको सबैजसो क्षेत्रमा वाम गठबन्धनले जित हासिल गरेको छ त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले १८०२१ मत ल्याएर अग्रस्थानमा रहेका छन्, भने नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतले १४२४० मत सहित तामाङलाई पछ्याइरहेका छन् प्रदेश ‘क’मा माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङले १०५५२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी कांग्रेस उम्मेदर महेन्द्र थिङले ७६५४ मत ल्याउँदै दोस्रो स्थानमा रहेका छन् प्रदेश ‘ख’मा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले १२६४१ मत सहित अग्रस्थानमा रहेका छन् । उनका प्रतिद्वन्दी कांग्रेस उम्मेदवार रमेश महतले ६४१२ मत सहित उछ्याइरहेका छन् त्यस्तै, प्रतिनिसिभा क्षेत्र नं. २ मा नेकपा एमाले उम्मेदवार नारायणप्रसाद खतिवडाले २३०९९ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनरसिंह केसीले १६३३२ मत ल्याएका छन् त्यसैगरी, प्रदेश ‘क’ मा एमालेका उम्मेदवार केशव पाण्डे १२५७४ सहित अग्रस्थानमा रहेका छन् । उनका प्रतिद्वन्दी कांग्रेस उम्मेदवार जगदिश्वनरसिंह केसीले ७८२४ मत ल्याएका छन् प्रदेश ‘ख’ मा पनि माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडाले ९८०८ मत सहित अगाडी रहेका छन् भने उनका प्रतिद्वन्दी कांग्रेस उम्मेदवार जगतबहादुर तामाङले ८६३१ मत ल्याइ दोस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस