कञ्चनपुर १ मा बिना मगर अगाडि, काँग्रेसका दिवानसिंह विष्ट पछ्याउँदै

कञ्चनपुर, २३ मंसिर । कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रकी बिना मगरले अग्रता लिएकी छन् जारी मतगणनाअनुसार उनले ७ हजार ७ सय ६६ मत ल्याएकी छन् भने नेपाली काँग्रेसका दिवानसिंह विस्ट ४ हजार ३ सय ८३ मतसहित उनलाई पछ्याइरहेका छन् यसैगरी कञ्चनपुर २ मा वाम गठबन्धनबाट उम्मेदवार रहेका एमालेका नरबहादुर धामी अगाडि रहेका छन् । उनले ७ हजार ९ सय ९८ मत ल्याएका छन् भने नेपाली काँग्रेसका एनपी साउद ४ हजार ८ सय ७२ मतसहित पछ्याइरहेका छन् यस्तै क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका दिपकप्रकाश भट्ट अघि रहेका छन् । उनले ८ हजार ३ सय २४ मत ल्याएका छन् भने काँग्रेसका रमेश लेखक ८ हजार १ सय ८५ मतसहित प्रतिस्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?